ग्रुप एच : जापान, कोलम्बिया,सेनेगल अन्तिम १६ मा पर्ने दाउमा


काठमाडौ – बिहिबार हुने ग्रुप एच को खेललाई विशेष महत्वका साथ हेरिएको छ । पोल्याण्ड विश्वकपबाट बाहिरी सकेको छ ।

तर, जापान, सेनेगल र कोलम्बियाबाट को विश्वकपबाट बाहिरीने हो सबैभन्दा चासोको विषय बनेको छ । दुई खेल खेलिसक्दा जापान र सेनेगलको चारचार अंक रहेको छ भने कोलम्बियाको तीन अंक रहेको छ ।

आज हुने खेलमा जापानले पोल्याण्डसँग खेल्दैछ भने सेनेगलले कोलम्बियासँग भिड्नेछ । एउटा सानो गल्तीले पनि यी तीन देश विश्वकपबाट इन वा आउट हुनसक्नेछन् ।सेनेगल र कोलम्बिया यी दुई मध्ये जो विजयी बन्छ त्यही टोलीले अन्तिम १६ मा स्थान पक्का गर्नेछ । तर, बराबरी भएमा अर्को खेलमा जापान पराजित हुनुपर्छ यी दुबै टोली अन्तिम १६ मा पुग्न । जापानको जित भएमा ३ अंक जोडेको कोलम्बिया बाहिरिने छ भने सेनेगल ५ अंकसहित अर्को चरणमा पुग्नेछ ।

यदि सेनेगललाई पराजित गरेमा भने ६ अंक जोड्दै कोलम्बिया अन्तिम १६ मा प्रवेश गर्ने अवसर पाउनेछ ।यसअघिका दुई खेलमा सेनेगलले पोल्याण्डलाई २–१ ले तथा जापानसँग २–२ गोलको बराबरी खेल्दै ४ अंक जोडेको हो । त्यसैले सो खेलमा तुलनात्मक रुपमा सेनेगललाई भन्दा कोलम्बियालाई जितको दवाब अधिक रहेको छ।

त्यस्तै अर्को खेलमा जापानले पोल्याण्डलाई पराजित गर्नु पर्ने दबाब रहेको छ ।दुई खेलमा एक खेल पनि नजितेको पोल्याण्ड अन्तिम खेलमा सान्तोना नतिजा भने पनि निकाल्न चाहन्छ । यसका लागि कुनै कसर नछोड्ने पोल्याण्डका प्रशिक्षकले बताएका छन् । जापानका खेलाडीहरु उच्च फर्ममा रहेका छन् । पहिलो खेलमा कोलम्बियामाथि २(१ गोलको जित दर्ता गरेको जापानले दोस्रो खेलमा सेनेगलसँग भने बराबरी खेल खेलेको थियो ।

प्रतिक्रिया दिनुहोस
Advertisement