काठमाण्डु – नेकपा एमाले कर्णाली प्रदेश अध्यक्ष गुलाबजंग शाहले आफूसँग सम्बन्धित साउन २४ गते काठमाण्डुपाटी डट्कममा प्रकाशित समाचारको खण्डन गरेका छन् ।
‘एमालेका कर्णाली अध्यक्ष शाह र केन्द्रीय सदस्य महरलाई कारवाही !’ शीर्षकको समाचारप्रति आपत्ति जनाउँदै उनले ५ बुँदामा खण्डन गरेका छन् ।
महिला स्वयले आफूले कहीँकतै उजुरबाजुर गरेको छैन भनेर लिखित रूपमा भनिसकेको खण्डनमा उल्लेख छ । आफ्नो टिकटक आईडी ह्याक गरेर कसैले परपुरुषसँग फोटो जोडेर भिडियो सामग्री पोष्टट गरेकोले दोषीमाथि कारवाही होस् भनी सार्वजनिक आह्वान गरेको जनाइएको छ ।
‘यसरी तथ्यहीन, अपुष्ट एवं एकपक्षीय रूपमा सम्प्रेषित सामग्रीले आममानिसमा भ्रम सिर्जना गर्नुका साथै मेरो व्यक्तिगत, राजनीतिक र सामाजिक जीवनमा समेत आघात पुगेको छ,’ अध्यक्ष शाहले भनेका छन् ।
यस्तो छ खण्डन –
प्रतिक्रिया