यूएईका तेस्रो ब्याटर आउट, गुलशनले लिए विकेट


काठमाण्डु – त्रिकोणात्मक टी-२० आई क्रिकेट सिरिजमा अहिले नेपाल र संयुक्त अरब ईमिरेट्स‌ (यूएई) बीचको खेल जारी छ।

काठमाडौंको मुलपानी क्रिकेट मैदानमा नेपालले टस जितेर फिल्डिङ गरिरहेको छ। ब्याटिङको निम्तो पाएको यूएईले तेस्रो विकेट गुमाएको छ।

नेपाललाई तेस्रो सफलता दिलाउने क्रममा गुलशन झाले यूएईका आसिफ खानलाई आउट गरे। १७ बलको सामना गरेर १८ रन बनाएका आसिफ गुलशनको बलमा सोमपाल कामीबाट क्याचआउट भए।

यसअघि नेपालका सोमपाल कामीले यूएईका दुवै जना ओपनिङ ब्याटरलाई आउट गरेका थिए। यूएईका ओपनिङ ब्याटर तथा कप्तान मुहम्मद वासिम ७ बलमा ८ रन बनाएर पेभेलियन फर्किएका थिए। सोमपालले उनलाई गुलशन झाबाट क्याचआउट गराएका थिए।

यस्तै, अर्का ब्याटर खालिद शाह १२ रन बनाएर आउट भएका थिए। ५ बल मात्रै खेलेका शाहले ३ वटा चौका प्रहार गरेका थिए। उनलाई पनि सोमपालले नै आउट गरेका थिए।

जारी सिरिजअन्तर्गत नेपालले यसअघि पहिलो खेलमा यूएईलाई ७ विकेटले पराजित गरेको थियो। दोस्रो तथा तेस्रो खेलमा हङकङलाई पराजित गरेको थियो।

नेपाल ३ खेलमा ६ अंक जोडेर शीर्ष स्थानमा छ। यूएई २ खेलबाट २ अंकसहित दोस्रो स्थानमा छ। हङकङ भने लागातार ३ खेलमा हार बेहोरेर अंकविहीनन हुँदै पुछारमा छ।

प्रतिक्रिया दिनुहोस
Advertisement