गल्फ लुब्रिकेन्टको डिलर मिट कार्यक्रम सम्पन्न


काठमाण्डु – गल्फ लुब्रिकेन्टले डिलर मिट कार्यक्रम सम्पन्न गरेको छ । नेपालमा ३९ वर्षको गौरवमय यात्रा बोकेको विश्व प्रख्यात र सबैभन्दा सर्वाधिक बिक्री हुने ब्रान्ड लुब्रिकेन्टका उत्पादक एवं वितरक नेपाल ल्युब आयल लिमिटेडले धुलिखेलमा डिलर मिट कार्यक्रम सम्पन्न गरेका हो ।

‘Rebuild, Persevere and Thrive’ नाराका साथ दुई दिनसम्म चलेको कार्यक्रममा नेपालभरिका ५० भन्दा धेरै डिलर र नेपाल ल्युब आयल
लिमिटेडका प्रतिनिधिहरूको सहभागिता रहेको थियो ।

देश आर्थिक मन्दीमा गुज्रिरहेको समयमा डिलरले सामना गरेको समस्याको गम्भीर रुपमा समीक्षा भएको र आगामी दिनमा कसरी व्यवसायलाई मजबुत बनाई अगाडि बढ्ने भन्ने लगायतका विषयमा कार्यक्रममा छलफल भएको थियो । यसका साथै वृहत् रोड म्याप समेत तयार गरिएको कम्पनीले जनाएको छ ।कार्यक्रममा लुब्रिकेन्ट र ब्याट्री डिभिजनका विभिन्न विधामा सर्वोत्कृष्ट डिलरहरूलाई सम्मान गरिएको थियो ।

कार्यक्रममा बोल्दै नेपाल ल्युब आयल लिमिटेडका कार्यकारी निर्देशक करण चौधरीले गत वर्ष बाह्य असरका कारणले गर्दा देशका अन्य उद्योगहरू जस्तै विभिन्न समस्याहरू सामना गर्नु परेको बताए । अझै केही समयसम्म परिस्थिति सुधार हुने संकेत नदेखिएको उनको भनाइ थियो ।

आगामी दिनमा उत्पन्न हुनसक्ने परिस्थितिलाई विभिन्न समय सान्दर्भिक रणनीति बनाएर आफ्नो व्यवसायलाई मजबुत बनाउँदै अगाडि बढ्नुपर्ने उनले बताए । यसका लागि सबैको ऐक्यबद्धता आवश्यक रहेको उनले बताए ।

फ्युल रिटेल र लुब्रिकेन्टको क्षेत्रमा गल्फ विश्वमै परिचित ब्रान्ड हो । यसले अटोमोटिभदेखि इन्डष्ट्रियल सेक्टरसम्मका उत्पादन उपलब्ध गराउँदै आएको छ ।

प्रतिक्रिया दिनुहोस
Advertisement