निलो गुल्मोहर : केवल सौन्दर्य मात्र होइन, बहुगुणी औषधिको भण्डार 

निलो गुल्मोहर : केवल सौन्दर्य मात्र होइन, बहुगुणी औषधिको भण्डार 

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाण्डु- वैशाखको चर्को घाममा सडकका पेटी र पार्कहरूलाई बैजनी रङ्गले ढकमक्क सजाउने जाकारान्डा ( Jacaranda ) धेरैको प्रिय फूल हो । दक्षिण अमेरिका (ब्राजिल, अर्जेन्टिना र उरुग्वे) बाट भित्रिएको यो वनस्पति अहिले नेपालका सहरहरूको मुख्य आकर्षण बनेको छ ।

जाकारान्डा एक पतझडी रुख हो । सुक्खा मौसममा पानी र ऊर्जा बचाउन यसले आफ्ना पातहरू झार्छ । पात झरेपछि नै यसमा बैजनी फूलहरू लटरम्म फुल्छन्, जसले गर्दा रुख झनै आकर्षक देखिन्छ ।

 जाकारान्डाको इतिहास
 यो रुखलाई सन् १९३० तिर जापानी माली तात्सुगोरो मात्सुमातोले पहिलो पटक मेक्सिको सिटीमा रोपेका थिए । अहिले यो मेक्सिकोदेखि काठमाण्डुका सडकहरूसम्म फैलिएको छन् भने सहरको वायुमण्डललाई पनि स्वच्छ बनाएको छ । फोटो खिच्न र सुन्दरता हेर्न मात्र सीमित यो रुखमा लुकेका औषधीय गुणहरूबारे भने धेरैलाई थाहा नहुन सक्छ ।

सन् २०२० को एक अनुसन्धान अनुसार यसको फूलको अर्गमा प्रशस्त मात्रामा पोलिफेनोल पाइन्छ, जसले प्राकृतिक कीटाणुनाशक र एन्टिअक्सिडेन्टको रूपमा काम गर्छ भनेर पीएमसी र एनसीआइ जस्ता प्रतिष्ठित बैज्ञानिक पोर्टलहरुले देखाएको छ । साथै यसमा हुने एन्टिमाइक्रोबियल तत्वले हानिकारक ब्याक्टेरिया विरुद्ध लड्न मद्दत गर्छ । दक्षिण अमेरिकी मुलुकहरु र अफ्रिकाका केही भागमा यसको बोक्रा र जरालाई सिफिलिसको उपचारमा प्रयोग गरिन्छ ।

यसबारे  Pharmacological Evidence from Plants of Genus Jacaranda प्रतिवेदनमा विस्तृतमा लेखिएको छ ।
दक्षिण अमेरिका र अफ्रिकी मुलुकहरुमा सदियौदेखि औषधीय गुण जाकारानडाको प्रयोग हुँदै आएको छ । यसको प्रयोग घाउ र पेटको अल्सरमा प्रयोग गरिएको विज्ञहरु बताउँछन् । यो परम्परागत चिकित्सा विधिबारे क्यावी कम्पेन्डियुम र अन्य बनस्पतिसम्बन्धी जर्नलहरुमा प्रकाशित गरिएको छ ।

जाकारान्डाकोे बोक्राको पानीले पेटको अल्सरमा राहत पुरयाउने काम गर्छ । समग्रमा भन्नुपर्दा यसले परम्परागत औषधीय काम गर्छ ।  झरेर खेर गइरहेको यसकोे फूललाई पेष्ट बनाएर घाउँमा लगाउन सकिने र  पात र बोक्रालाई पानीमा पकाएर खाँदा पेट सफा हुने अध्ययनले देखाएको छ । यसमा औषधीय गुणमात्र नभइ यसबाट बलियो फर्निचर र संगीतका वाद्यवादनहरू पनि बनाउन प्रयोग गरिन्छ ।

यति धेरै गुण भए पनि यसलाई जथाभाबी प्रयोग गर्नु जोखिमपूर्ण हुन सक्छ
 ज्याकारान्डाको अहिलेसम्मका अधिकांश अध्ययनहरू प्रयोगशालामा मात्र गरिएका हुन् । तसर्थ मानिसमा यसको प्रत्यक्ष प्रयोग र मात्रा बारे थप अनुसन्धान भइरहेको छ । यसका सबै भागहरू सुरक्षित नहुन सक्छन् त्यसैले सही प्रशोधन विना प्रयोग गर्दा एलर्जी वा अन्य समस्या हुन सक्छ । यसलाई आधुनिक एन्टिबायोटिक वा डाक्टरले दिएको औषधिको विकल्पको रूपमा भने लिनु हुँदैन । जाकारान्डा केवल सहर सजाउने रुख मात्र होइन, यो भविष्यको औषधीय स्रोत पनि हो। यद्यपि, यसलाई घरेलु उपचारमा प्रयोग गर्नुअघि आयुर्वेदिक विशेषज्ञ वा चिकित्सकको सल्लाह लिनु अनिवार्य हुन्छ ।