बर्दियामा प्रहरीमाथि गोली लाग्यो


बर्दिया – बर्दियामा नेत्रविक्रम चन्द विप्लव नेतृत्वको नेकपाका दुई कार्यकर्तालाई नियन्त्रणमा लिने क्रममा गोली लागेर एकजना प्रहरी जवान घाइते भएका छन् ।

जिल्लाको मधुवन–४ मौवास्थित नहर छेउबाट विप्लका दुई कार्यकर्तालाई नियन्त्रणमा लिने क्रममा आफैँले बोकेको हतियार पड्किएर एकजना प्रहरी जवान घाइते भएका हुन् । जिल्ला प्रहरी कार्यालय बर्दियाका डिएसपी योगेन्द्र खड्का अनुसार कुममा गोली लागेर घाइते भएका ती प्रहरी जवानलाई जिल्ला अस्पतालमा उपचारपछि अन्यत्र पठाइएको छ ।

त्यसक्रममा प्रहरीले विप्लव समूहका रोहित सुनार र जयबहादुर ठाडा मगरलाई नियन्त्रणमा लिएको छ । पक्राउ परेका विप्लवका कार्यकर्ताको साथबाट प्रहरीले दुईवटा मोटरसाइकल, एउटा कटुवा पेस्तोल, तीन राउन्ड गोली, चन्दा ठेली र लेटर प्याड बरामद गरेको छ ।

प्रतिक्रिया दिनुहोस
Advertisement