राल्मा सामुदायिक वनको ओढारमा ५ थान भरुवा बन्दुक बरामद


रूकुम पूर्व – जिल्लाको भुमे गाउँपालिका–४ नौधारीस्थित राल्मा सामुदायिक वनको ओढारमा लुकाइछिपाई राखिएको भरुवा बन्दुक बरामद गरिएको छ ।

प्रहरीले ५ थान भरुवा बन्दुक शनिबार साँझ बरामद गरेको छ ।

जिल्ला प्रहरी कार्यालय रूकुम पूर्वबाट खटिएको प्रहरी टोलीले बन्दुक फेला पारी बरामद गरेको छ ।

बरामद बन्दुक सम्बन्धमा थप अनुसन्धान गरिरहेको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस
Advertisement