दुई थान पेस्तोलसहित राजधानीबाटै पक्राउ परे सुभाष कार्की


काठमाडौं– प्रहरीले दुई थान पेस्तोलसहित राजधानीबाट एकजनालाई पक्राउ गरेको छ।

 

 

महानगरीय प्रहरी परिसर, काठमाडौँका प्रवक्ता रामदत्त जोशीका अनुसार खोटाङ घर भई सुनसरीको इटहरी बस्दै आएका सुभाष कार्की पेस्तोलसहित पक्राउ परेका हुन्।

 

 

प्रहरीले कोटेश्वरस्थित महादेवस्थान मार्ग, पेरिसडाँडामा रहेको न्यू सुनकोशी गेष्ट हाउसको कोठा नं १०४ मा बसेको अवस्थामा उनको साथबाट एक थान रिभल्वर र त्यसको दुई राउण्ड गोली तथा एक थान कटुवा पेस्तोल र त्यसको तीन राउण्ड गोली बरामद गरेको छ।

प्रतिक्रिया दिनुहोस
Advertisement