‘स्वार्थको द्वन्द्व’ देखिएपछि सेबोन अध्यक्ष सिफारिस समितिका अध्यक्ष भट्टद्वारा राजीनामा

‘स्वार्थको द्वन्द्व’ देखिएपछि सेबोन अध्यक्ष सिफारिस समितिका अध्यक्ष भट्टद्वारा राजीनामा

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाण्डु – नेपाल धितोपत्र बोर्ड (सेबोन) अध्यक्ष सिफारिसका लागि गठन गरिएको सिफारिस समितिका अध्यक्ष गुणाकर भट्टले राजीनामा दिएका छन् ।

अध्यक्ष पदमा बसिरहँदा ‘स्वार्थको द्वन्द्व’ उत्पन्न हुने देखिएपछि उनले राजीनामा दिएका हुन् । भट्टका दाइ नेपाल राष्ट्र बैंकका पूर्व कार्यकारी निर्देशक गोपाल भट्टले पनि सेबोन अध्यक्षका लागि आवेदन दिएपछि उनको राजीनामा आएको छ । गोपाल र गुणाकर दाजुभाइ हुन् ।

सरकारले राष्ट्रिय योजना आयोगका उपाध्यक्ष गुणाकर भट्टको नेतृत्वमा सिफारिस समिति गठन गरेको थियो । भट्टको नेतृत्वको सिफारिस समितिमा अर्थसचिव घनश्याम उपाध्याय र विज्ञ भुवन कुमार दाहाल सदस्य रहेका थिए ।

अध्यक्षका लागि ४७ जनाको आवेदन परेको छ ।