गुण्डा नाइके तथा सांसद मनाङे कारागार चलान


काठमाडौँ – महानगरीय प्रहरी परिसरले ज्यान मार्ने उद्योगमा दोषी ठहर भई फरार रहेका दीपक मनाङेलाई पक्राउ गरी कारागार पठाइएको छ । विसं २०६१ वैशाखमा महाराजगञ्जस्थित चुफाङ रेष्टुरेन्टमा चक्रे मिलन भन्ने मिलन गुरुङलाई धारिलो हतियार प्रहार गरेपछि ज्यान मार्ने उद्योगमा पुनरावेदन अदालत र सर्वोच्च अदालतले पाँच वर्ष कैद सजाय सुनाए पछि फरार रहेका मनाङेलाई बिहीबार साँझ पक्राउ गरी आज अदालतको आदेशअनुसार कारागार चलान गरिएको हो ।

परिसरका प्रवक्ता मोहनकुमार थापाले परिसरको विशेष टोलीले बिहीबार पक्राउ गरेको मनाङेलाई आज काठमाडौँ जिल्ला अदालतमा उपस्थिति गराएपछि अदालतको आदेशअनुसार डिल्लीबजार कारागार चलान गरिएको जानकारी दिए ।

मनाङे मङ्सिर १० मा भएको प्रतिनिधि तथा प्रदेशसभा निर्वाचनमा मनाङ क्षेत्र नं १ प्रदेश (ख) बाट स्वतन्त्र निर्वा्चित सांसद भएका थिए ।उनलाई प्रहरी प्रधान कार्यालय इन्टरपोलमार्फत रेड कर्नर नोटिस जारी गरी पक्राउ गर्न पत्राचारसमेत गरिएको थियो ।

प्रतिक्रिया दिनुहोस
Advertisement