गोरखा सैनिकका समस्याबारे अध्यक्ष प्रचण्डको चासो,राज्यमन्त्री मार्कले दिए यस्तो जवाफ

गोरखा सैनिकका समस्याबारे अध्यक्ष प्रचण्डको चासो,राज्यमन्त्री मार्कले दिए यस्तो जवाफ

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

ललितपुर – नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड र नेपाल भ्रमणमा रहेका बेलायती सशस्त्र बलका राज्यमन्त्री मार्क ल्याङकष्टरबीच शिष्टचार भेटवार्ता भएको छ ।

प्रचण्ड निवास खुमलटारमा शुक्रबार बिहान भएको भेटमा नेपाल र संयुक्त अधिराज्यबीचका आपसी सम्बन्ध र समृद्ध नेपाल निर्माणमा बेलायती लगानीका बारेमा छलफल समेत भएको छ ।

उक्त भेटमा राज्यमन्त्री ल्याङकेष्टरसँग अध्यक्ष प्रचण्डले नेपाली शान्ति प्रक्रियामा बेलायती सरकारले खेलेको भूमिकाको प्रशंसा गरेका थिए भने गोरखा सैनिकले उठाएका माग र तिनको समाधानका बारेमा जिज्ञासा राखेका थिए । प्रचण्डले आफूहरुको समग्र ध्यान देशको आर्थिक विकासमा केन्द्रित भएको र वैदेशिक लगानीकर्ताहरुलाई आकर्षित गर्न वर्तमान सरकार लागि परेको समेत बताएका थिए ।

चार दिने नेपाल भ्रमणमा रहेका राज्यमन्त्री ल्याङकष्टरले नेपालको आर्थिक समृद्धिमा बेलायत सरकार हातेमालो गर्न तयार रहेको बताए ।राज्यमन्त्रीले गोर्खा सैनिकले उठाएका समस्या नेपालको मात्र नभएर बेलायतको पनि भएको बताए । उनले नेपालको शान्ति प्रक्रिया विश्वका लागि उदाहरणका रुपमा रहेको धारणा राखेका थिए । भेटमा नेकपाका प्रवक्ता नारायणकाजी श्रेष्ठ र नेपालका लागि बेलायतका राजदूत रिचर्ड मरिसको उपस्थिति थियो ।