२ मतले सभापतिमा पराजित भएका घिमिरेले गरे पुनः मतगणनाको माग


काठमाण्डु – नेपाली कांग्रेस पद्रेश १ मा भएको मतगणनामा २ मतको अन्तरले पराजित भएका गुरु घिमिरेले पुन: गणनाका लागि माग घरेका छन् । १४ औं महाधिवेशनअन्तर्गत प्रदेश नम्बर-१ को पदाधिकारी मतगणनामा धाँधली भएको भन्दै घिमिरेले पुनः मतगणना गर्न माग गरेका हुन् । उनले निर्वाचन समितिलाई निवेदन दिएर पुनः मतगणना गर्न माग गरेका छन् ।

मतगणनाको अन्तिम मत परिणाम नआउन्जेल निर्वाचन समितिलाई कुनै कार्यक्रम अघि नबढाउनसमेत घिमिरेले आग्रह गरेका छन् । संस्थापनइतर समूहबाट उठेका घिमिरे संस्थापन–सिटौला पक्षका उमेदवार उद्धव थापासँग पराजित भएका थिए ।

प्रतिक्रिया दिनुहोस
Advertisement