काठमाण्डु- कानुन न्याय तथा संसदीय मामिला मन्त्री धनराज गुरुङले संक्रमणकालीन न्याय सम्बन्धी विधेयक सहमतिमा टुंगो लाग्ने र आगामी अधिवेशनबाट पास हुने बताएका छन् ।
आज (बिहीबार) कानुन, न्याय तथा मानवअधिकार समितिको बैठकमा उनले संक्रमणकालीन न्याय सम्बन्धी विधेयक सहमतिमा टुंगो लाग्ने र आगामी अधिवेशनबाट पास हुने बताएका हुन् ।
अबको आठ-दश दिनसम्म शीर्ष नेताहरुसँग पनि अनौपचारिक छलफल गर्ने र विधेयकलाई टुंगोमा पुर्याइने उनको भनाइ छ । ‘माननीय सदस्यहरुले भन्नु भएको छ लाज लाग्न थाल्यो । अब लाज लाग्ने अवस्था रहन्न कि जस्तो लाछ,’ मन्त्री गुरुङले थपे, ‘सहमति नभएका विषयमा अझै सहमति खोज्ने नै हो फेरि पनि । यो सहमति हुन्न कि भन्ने होइन, आजको कुराले त सहमति हुन्छ भन्नेमा पुगें म ।’, उनले भने ।
सोही बैठकमा नेकपा (एमाले) का सचेतक महेश बर्तौलाले टीआरसीलाई सहमतिबाट नभए बहुमतीय प्रक्रियाबाट टुङ्ग्यो लगाउनु पर्ने धारणा व्यक्त गरेका छन् । साथै, उनले टीआरसी विधेयक एमालेका कारण रोकियो भनेर समाजमा गलत प्रचार भएको भन्दै आपत्ति जनाए ।
विधेयक निर्माण प्रक्रियाअनुसार अगाडि बढाइँदा एमालेले कुनै अवरोध नगर्ने उनले प्रतिवद्धता व्यक्त गरे । ‘विधेयक निर्माणको प्रक्रियामा हामीले हाम्रा विषय राख्छौं होला तर एमालेले रोक्यो भनेर प्रचार गर्न खोजिएको छ । त्यो गलत हुन्छ,’ बर्तौलाले भने ।
टीआरसी विधेयकमा बर्तौलाको धारण सुनेपछि कानुन मन्त्री गुरुङले परिपक्क धारणा राख्ने नेता भनेर उनको प्रशंसा गरे । विद्वान र परिपक्क नेताहरुको धारणा सुन्दा आफूलाई नमिल्ने कुरा केही छैन जस्तो लागेको मन्त्री गुरुङले बताए । ‘अन्तिमसम्म प्रयास गरौं । मलाई विश्वास छ माननीय महेश बर्तौलाले नै बलको पास दिएपछि मैले गोल हान्छु । मलाई त्यो पनि विश्वास छ फेरि उहाँले पास दिनुहुन्छ ।’, मन्त्री गुरुङले भने ।
प्रतिक्रिया