विराटनगरमा पाइपलाइनबाट पुग्यो घर–घरमा ग्यांस


विराटनगर – घरघरका भन्सामा पाइपलाइन जडान गरेर ग्यास र्पुयाउने काम विराटनगरमा सुरु भएको छ । विराटनगर १४ मा रहेको श्रीकृष्ण गौ सेवा सदनमा ३२० घनमिटर क्षमताको बायो ग्यास उत्पादनको काम अन्तिम चरणमा पुगेपछि नेपालमा पाइपलाइनबाट भान्सामा ग्यास र्पुयाउन थालिएको हो ।

उर्जा मन्त्रालयअन्र्तगतको वैकल्पिक उर्जा प्रर्वछन केन्द्रले गौ सदनमा बायो ज्यास उत्पादनको काम थालेको डेढवर्षपछि यसको परीक्षण सुरु भएको छ । विश्व बैङ्कको ८४ लाख रुपैयाको सहयोग र गौसदनको २० प्रतिशत लगानीमा बायो ग्यास उत्पादन थालिएको छ ।

यसमा विराटनगर महानगरपालिकाले समेत पांच लाख रुपैया उपलब्ध गराएको छ । तत्कालिन जिल्ला विकास समितिको जिम्मेवारीमा निर्माण थालिएको बायो ग्यास प्लान्टलाई अहिले जिल्ला समन्वय समितिले नियमन गरेको छ । आजको गोरखापत्रमा समाचार छापिएको छ ।

प्रतिक्रिया दिनुहोस
Advertisement