अन्ततः गुठी विधेयक औपचारिक रुपमै फिर्ता


 काठमाडौं  – विवादित गुठीे विधेयक राष्ट्रियसभाबाट सर्वसम्मत रुपमा फिर्ता भएको छ ।

विधेयक फिर्ताका लागि भूमि व्यवस्था, सहकारी तथा गरिबीनिवारणमन्त्री पद्माकुमारी अर्यालले पेस गरेकोे प्रस्ताव बैठकले सर्वसम्मत पारित गरेको हो ।

योसँगै विधेयक राष्ट्रियसभाबाट औपचारिक रुपमा नै फिर्ता भएको छ । नेपालको संविधानको धारा १ सय १२ र राष्ट्रियसभा संञ्चालन नियमावलिको नियम १ सय १६ बमोजिम मन्त्री अर्यालले गुठी विधेयकलाई फिर्ता गरियोस् भन्ने प्रस्ताव पेश गरेकि थिइन् ।

यसअघि गुठी विधेयकको बारेमा चौतर्फी विरोध भएपछि मन्त्री अर्यालले मन्त्रालयमा पत्रकार सम्मेलन गरि विधेयक फिर्ता एकी थिइन् । विधेयक फिर्ताको प्रस्ताव पेस गर्दे मन्त्री अर्यालले सरकार जनताप्रति उत्तरदायी हुदै जनताको भावनाको कदर गरेर गुठी विधेयक फिर्ता लिने निष्कर्षमा पुगेको बताइन् ।

उनले हुँदै नभएको कुरामा भ्रम छरेर सरकारलाई वास्तविक कुरा राख्ने वातावरण नै नदिईएको र विधेयकका बारेमा हल्ला पिटाएर गुठीयारलाई उत्तेजित गराउने काम भएको दाबी गरिन् । सरकारले विधेयकमा नमिलेका कुरा छलफल गरी मिलाएर जाउँ भन्ने प्रस्ताव गर्दा गर्दै पनि समाधानमा नभई इगो बनाउने दिशामा उन्मुख भएको टिप्पणी गरिन् ।

प्रतिक्रिया दिनुहोस
Advertisement