काठमाण्डु – ललितपुरको ग्वार्कोस्थित ‘फ्लाईओभर’ मुख्य संरचना निर्माण कार्य पूरा भएको छ ।
फ्लाईओभरको शनिबार भौतिक पूर्वाधार तथा यातायात मन्त्री देवेन्द्र दाहालसहित सडक विभागको नेतृत्वले स्थलगत निरीक्षण गरेको छ ।
निरीक्षणका क्रममा मन्त्री दाहालले फ्लाईओभर निर्माणको कार्य नौलो अभ्यास भएकाले केही ढिला भएको बताए ।
अन्य निर्माणाधीन योजना तथा आयोजनाहरू पूरा गराउन मन्त्रालयले प्राथमिकता दिएको उनले बताए । निरीक्षणका क्रममा सडक विभागका महानिर्देशक डा. विजय जैशीले मुख्य संरचनाहरूको निर्माण पूरा भएको र अब केही दिनभित्रमा नै सार्वजनिक यातायात सञ्चालन गरिने बताए ।
सडक विभागको गुणस्तर अनुसन्धान तथा विकास केन्द्रका प्रमुख दिप बाराहीले अब फ्लाईओभरको मध्य भागमा डिभाइडर राख्ने तथा केही सामान्य कामहरू बाँकी रहेको र २–३ दिनभित्रै बाँकी कामहरू पूरा भएपछि यातायात सञ्चालनका लागि खुल्ला गरिने बताए ।
पूर्वनिर्धारित समयमा निर्माण कार्य पूरा हुन नसकेपछि मन्त्री दाहालले पटक–पटक निरीक्षण र अनुगमनपछि चाँडै काम सक्न निर्देशन दिएका थिए । फ्लाईओभर सञ्चालनमा आएपछि कोटेश्वर तथा ग्वार्को क्षेत्रको यातायात सञ्चालन सहज हुने अपेक्षा गरिएको छ ।
प्रतिक्रिया