सेनाको गोली लाग्दा नेपालीसहित ६ जना आप्रवासीको मृत्यु

सेनाको गोली लाग्दा नेपालीसहित ६ जना आप्रवासीको मृत्यु

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

एजेन्सी– मेक्सिकन सैनिकले चलाएको गोली लाग्दा ६ जनाको मृत्यु भएको छ । ग्वाटेमाला सीमा नजिकै  गोली प्रहारबाट नेपालीसहित ६ जना आप्रवासीको मृत्यु भएको हो । 

दुई जना सैनिकले नेपाल, भारत र पाकिस्तानका आप्रवासी चढेकाे ट्रकमा गोली हान्दा ४ जना आप्रवासीको घटनास्थलमै र घाइते रहेका २ जनाको पछि ज्यान गएको  मेक्सिकन रक्षा विभागलाई उद्धृत गर्दै ‘हिन्दुस्तान टाइम्स’ ले जनाएको छ ।

यो घटनामा ज्यान गुमाउनेहरूको बारेमा विवरण प्राप्त भइसकेको छैन । ट्रकमा ३३ जना आप्रवासी रहेकामा १७ जना भने सकुशल रहेका खबरमा उल्लेख छ । गोली हान्ने दुई जना सैनिकलाई जिम्मेवारीबाट हटाइएको र अनुसन्धान भइरहेको विभागको भनाइ छ ।