पोखरा विमानस्थलमा भ्रष्टाचार : पूर्व अर्थमन्त्रीसहित १३ जनाविरुद्ध ३ अर्ब ६२ करोडको मुद्दा

पोखरा विमानस्थलमा भ्रष्टाचार : पूर्व अर्थमन्त्रीसहित १३ जनाविरुद्ध ३ अर्ब ६२ करोडको मुद्दा

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाण्डु– पोखरा विमानस्थल निर्माणमा भ्रष्टाचार भएको भन्दै र्को मुद्दा दायर भएको छ ।

अख्तियार दुरुपयोग अनुसन्धान आयोगले बिहीबार तत्कालीन अर्थमन्त्री ज्ञानेन्द्र बहादुर कार्की, अर्थ मन्त्रालयका तत्कालीन सचिव शंकर प्रसाद अधिकारीसहित १३ जना र एउटा ठेक्का कम्पनीविरुद्ध विशेष अदालतमा भ्रष्टाचार मुद्दा दायर गरेको हो ।

अर्थ मन्त्रालयका तत्कालीन सचिव शंकर प्रसाद अधिकारी र संस्कृति, पर्यटन तथा नागरिक उड्‌डयन मन्त्रालयका तत्कालीन सचिव महेश्वर न्यौपाने, अर्थ मन्त्रालयका तत्कालीन सहसचिव केवल प्रसाद भण्डारी, संस्कृति, पर्यटन तथा नागरिक उड्‌डयन मन्त्रालयका तत्कालीन सहसचिव सुरेश आचार्य र तत्कालीन सहसचिव डण्डुराज घिमिरे तथा नेपाल नागरिक उड्‌डयन प्राधिकरणका तत्कालीन महानिर्देशक संजीव गौतम, नेपाल नागरिक उड्‌डयन प्राधिकरण अन्तर्गत राष्ट्रिय गौरब आयोजनाका तत्कालीन आयोजना निर्देशक प्रदीप अधिकारी र संस्कृति, पर्यटन तथा नागरिक उड्‌डयन मन्त्रालयका तत्कालीन इलेक्ट्रोनिक्स इन्जिनियर योगेश अर्याल, अर्थ मन्त्रालयका तत्कालीन उपसचिव युगराज पाण्डे र तत्कालीन शाखा अधिकृत उर्मिला भण्डारीविरुद्ध मुद्दा दायर गरिएको हो ।

मूल सम्झौताविपरीत ठेकेदार कम्पनी चाइना सीएएमसी कम्पनीलाई कर, महसुल तथा अन्य शुल्कमा छुट दिई दोहोरो लाभ दिलाइएको पाइएको हो।

अनुसन्धानबाट नेपाल नागरिक उड्डयन प्राधिकरण र ठेकेदार कम्पनीबीच भएको कमरसीयल कन्ट्रयाक एग्रीमेन्टमा कर तथा शुल्क कन्ट्रयाक भित्रै समावेश गरिएको भए पनि पछि गरिएको कार्यान्वयन सम्झौता मार्फत पुनः कर छुटको व्यवस्था गरिएको देखिएको आयोगले जनाएको छ।

यसरी कानुनविपरीत ठेकेदार कम्पनीलाई कर तथा शुल्क छुट दिँदा नेपाल सरकारलाई ३ अर्ब ८५ करोड ५ लाख २२ हजार १६० बराबरको हानि पुगेको आयोगको निष्कर्ष छ।

यस्तै दोहोरो लाभ लिएकाे भन्दै China CAMC Engineering Co.Ltd विरुद्धपनि मुद्दा दायर गरिएकाे छ । उनीहरुविरुद्ध ३ अर्ब ६२ करोड बराबरको बिगो माग दावी गरिएको छ ।