पूर्वराजा ज्ञानेन्द्र शाहले काठमाडौं आउन पास पाएनन्
काठमाडौं – गृह मन्त्रालयले पूर्वराजा ज्ञानेन्द्र शाहलाई काठमाडौं आउन पास नदिने भएको छ । कोरोना भाइरसको संक्रमण फैलिरहेका बेला पत्नीसहित झापामा रहेका पूर्वराजा शाह काठमाडौं आउने तयारीमा थिए ।
पूर्वराजा शाहले काठमाडौं आउनका लागि जिल्ला प्रशासन कार्यालय झापामा आवेदन दिएका थिए । तर, उक्त निवेदन अस्वीकार गर्ने निर्णय भएको गृहमन्त्रालय स्रोतले जानकारी दियो ।
झापाका प्रमुख जिल्ला अधिकारी उदयबहादुर रानामगरले पूर्व राजाले दिएको निवेदनमा गृहले प्रक्रिया नपुगेको भन्दै रद्ध गरेको जानकारी दिए ।