कोरोना नियन्त्रणका लागि बाह्य सहयोग आवश्यक पर्दछः ज्ञानेन्द्र शाह (भिडियो)


काठमाण्डु – पूर्वराजा ज्ञानेन्द्र शाहले नेपालको कोरोना भाइरस संक्रमण नियन्त्रणका लागि बाह्य सहयोग आवश्यक पर्ने बताएका छन् ।

एक भिडियो सन्देश जारी गर्दै पूर्वराजा शाहले कोरोना महामारीबाट आफूहरु चिन्तित रहेको भन्दै नियन्त्रणका लागि बाह्य सहयोग आवश्यक पर्ने बताएका हुन् ।

‘हामी पूर्ण स्वास्थ्यलाभको क्रममा छौं । देशभित्र र बाहिरको महामारीको अवस्थाप्रति हामी चिन्तित छौं । यसलाई नियन्त्रणका लागि हाम्रो आफ्नै संकल्प र बाह्य सहयोग आवश्यक पर्दछ । पर्याप्त अन्तराष्ट्रिय सहयोगका लागि धन्यवाद दिन चाहान्छु,’ उनले भनेका छन् ।

उनले आफूहरुको स्वास्थ्यबारे चासो राख्ने नेपालीलाई धन्यवाद दिएका छन् । पूर्वराजा शाहले महामारीमा अग्रपंक्तीमा खटिएका स्वास्थ्यकर्मी, सुरक्षाकर्मीलगायतलाई धन्यवाद दिएका छन् ।

उनले कोरोना संक्रमितलाई सिघ्र स्वास्थ्य लाभको कामना गर्दै सुरक्षित रहन सबैलाई आग्रह गरेका छन् ।

 

प्रतिक्रिया दिनुहोस
Advertisement