ठमेलको नाइट क्लबमा पूर्व राजा ज्ञानेन्द्रको मस्ती डान्स (भिडियो र तस्बीरसहित)


काठमाडौं – पूर्व राजा ज्ञानेन्द्र शाहले डान्स गरेको भिडियो सार्वजनिक भएको छ । शनिबार ठमेलको चर्चित नाइट क्लब लर्ड अफ द ड्रिङ्क्स (एलओडी) पुगेर सबैलाई सर्प्राइज दिएका हुन् ।

प्रायः युवाहरु मात्र पुग्ने एलओडीमा शाह क्लब पुग्दा त्यहाँ उपस्थित युवाहरु आश्चर्यचकित बनेका थिए । उनले त्यहाँ रातो र चन्द्र सूर्य गीतमा डान्स गरेका थिए ।

शाहाले पत्नी कोमल शाह, बुहारी हिमानी छोरीहरूका साथ पुगेर रमाइलो गरेको फोटो तथा भिडियो सार्वजनिक भएका छन् ।

भिडियो तथा फोटोमा ज्ञानेन्द्र कोट खोलेर विदेशी तथा स्वदेशी ग्राहकसँगसँगै नाचेको देखिएको छ । पूर्व राजाको साथमा हिमानी शाह पनि त्यही डान्स पार्टीमा सहभागी भई ससुरालाई साथ दिएकी छन् ।

एलओडीले अपलोड गरेको एक भिडियोमा रातो र चन्द्र सूर्य जंगी निशान हाम्रो बोलको गीत बजिरहेको सुनिन्छ । शाहको डान्स हेर्न नायिका रिमा विश्वकर्मा, केकी अधिकारीलगायतका नायिका पनि क्लबमा पुगेका थिए ।

पूर्व राजा शाहले त्यहाँ उपस्थित युवाहरुसँग तस्विर र सेल्फी पनि खिचाएका थिए । तस्बीरमा उनी रोमान्टिक देखिन्छन् ।

प्रतिक्रिया दिनुहोस
Advertisement