मुलुकको नेतृत्व र जिम्मेवारी लिनुपर्ने बेला आयो : पुर्व राजा ज्ञानेन्द्र शाह (भिडियोसहित)


काठमाडौं–  पूर्वराजा ज्ञानेन्द्र शाहले भाइ टिकाकै दिन निकै कडा अभिव्यक्ति दिएका छन् । आगामी मंसिरमा हुन लागेको प्रतिनिधीसभा र प्रदेशसभाको निर्वाचन हुने बारेमा चौतर्फि आंशका भइरहेको बेला पूर्व राजा शाहले जनताले चाहेको अवस्थामा आफु मुलुकको नेतृत्व र जिम्मेवारी लिन तयार रहेको बताएका हुन ।

 

 

 

 

शाहको भनाईलाई निकै अर्थपूर्ण रुपमा हेरिएको छ । भाइटीकाको अवसरमा शनिवार आफनी बहिनी शोभा शाहीको हातबाट टिका ग्रहण गरेपश्चात सञ्चारकर्मीहरुसंग संक्षिप्त कुरा गर्दै पूर्वराजा शाहले मुलुक नेतृत्व विहिन भएको दाबी गरे ।

 

 

 

 

 

उनले जनताको इच्छाअनुसार मुलुकको नेतृत्व लिन तयार रहेको बताए । उनले मुलुकको परिस्थति अत्यन्त चिन्ताजनक अवस्थामा रहेको भन्दै अव आफु सक्रिय हुने संकेत समेत गरे ।

 

 

 

उनले संविधान कार्यान्यवन गर्नुको विकल्प नभएको भन्दै जनताले चाहे आफु मुलुकको नेतृत्वको सम्हाल्न तयार भएको धारणा समेत राखे ।  

 

भिडियो सौजन्य : न्युज २४ टिभि

 

प्रतिक्रिया दिनुहोस
Advertisement