नेपालले भारतको भूमि मिचेको तथ्य पेश गर्न बालेनलाई राप्रपाको चुनौती

नेपालले भारतको भूमि मिचेको तथ्य पेश गर्न बालेनलाई राप्रपाको चुनौती

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाण्डु– राप्रपाका संसदीय दलका नेता ज्ञानेन्द्र शाहीले प्रधानमन्त्री बालेन शाहको विवादित अभिव्यक्ति रेकर्डबाट हटाउन माग गरेका छन्।

प्रतिनिधि सभाको बैठकमा बोल्दै यस्तो माग राखेका हुन् । उनले प्रधानमन्त्रीले नेपालले भारतको भूमि मिचेको तथ्य पेश गर्न चुनौती समेत दिए।

उनले भने, ‘चिया पसलको गफ र संसद्को अभिव्यक्ति बीच फरक हुन्छ। सामान्य नागरिकले भनेको कुरा र देशको प्रधानमन्त्रीले भनेको कुराको प्रभाव फरक हुन्छ। प्रधानमन्त्री ज्युले जब कुनै दाबी गर्नुहुन्छ, त्यसलाई देशले सरकारी धारणा ठान्छ। अन्तर्राष्ट्रिय समुदायले नेपालको आधिकारिक दृष्टिकोणको रूपमा लिन्छ। र जनताले त्यसलाई सत्यका रूपमा ग्रहण गर्छन्। त्यसैले प्रधानमन्त्रीका अभिव्यक्तिहरू तथ्य, प्रमाण र यथार्थमा आधारित हुनुपर्छ।’