उपत्यकामा हैजाको त्रास बढ्दो, २१ जनामा संक्रमण पुष्टि


काठमाण्डु – चाँगुनारायण नगरपालिका वडा नम्बर ४ दुवाकोट र हेटौंडा नगरपालिकामा दुई जना हैजाका संक्रमित फेला परेका छन् । हाल उक्त दुई संक्रमितको अस्पतालमा उपचार भइरहेको इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाले जनाएको छ ।

काठमाण्डु उपत्यकामा हालसम्म बागबजार र कालीमाटी, सानेपा, डिल्लीबजार, कपन, बालाजु (बोहोराटार), बल्खु, थानकोट, नैकाप, कोटेश्वर, कंलकी (खसीबजार) , किर्तिपुर, कागेश्वरी मनहरा, टेकु, र ग्वार्कोमा हैजाका संक्रमित भेटिएका छन् ।

यसभन्दा अघि १९ जनामा हैजाको संक्रमण फेला परिसकेको थियो । आज थप दुई जनामा हैजाको संक्रमण भेटिएसँगै हालसम्म हैजाका संक्रमितको संख्या २१ पुगेको छ ।

प्रतिक्रिया दिनुहोस
Advertisement