काठमाण्डु- हाइटीमा गत शनिबार गएको ७.२ माग्निच्युडको भूकम्पमा परी मृत्यु हुनेको संख्या करिब १३०० पुगेको छ । सोमवार बिहानसम्म एक हजार २९७ जनाको मृत्यु भएको अन्तराष्ट्रिय समाचार माध्यमहरुले जनाएका छन् ।
अन्तराष्ट्रिय समाचार माध्यमका अनुसार पाँच हजार ७०० जना घाइते भएको र सयौँको अवस्था अज्ञात रहेकाले मृतकको संख्या अझै बढ्ने देखिएको छ । भूकम्पका कारण ठूलो जनधनको क्षति भएपछि हाइटी सरकारले आपतकालको घोषणा गरेका छ । हालसम्म १३ हजार ६९४ घर पूर्ण रूपमा क्षतिग्रस्त भएको पुष्टि भएको छ ।
प्रतिक्रिया