हाइटीका राष्ट्रपतिको हत्याबारे श्रीमतीले पहिलोपटक मुख खाेलिन्

हाइटीका राष्ट्रपतिको हत्याबारे श्रीमतीले पहिलोपटक मुख खाेलिन्

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

एजेन्सी — हाइटीका राष्ट्रपति जोवेनेल मोइजको हत्याबारे उनकी श्रीमतीले पहिलोपटक मुख खोलेकी छन् । उनले राष्ट्रपतिको हत्या भएको विषयमा पहिलोपटक मुख खोलेकी हुन् ।

उक्त घटनामा राष्ट्रपतिकी श्रीमती मार्टिन मोइज गम्भीर घाइते भएकी थिइन् । दिवंगत राष्ट्रपति मोइजकी श्रीमती मार्टिनले हमला यति तीब्र गतीमा भयो कि आफ्ना श्रीमान् जोवेनेलले एक शब्दसमेत बोल्न नसकेको जानकारी दिइन् ।

गत जुलाई ७ तारिखमा भाडामा लिएका २८ विदेशी सैनिकले राष्ट्रपति मोइजको हत्या गरेको त्यहाँको प्रहरीले जनाएको छ ।

शनिबार उनले आफ्नो ट्वीटरमा एक भोइस मेसेज पोस्ट गरेकी छन् । मार्टिनले भविष्यमा पनि आफ्नो काम जारी राख्ने बताएकी छन् । उक्त सन्देशमा आएको प्रतिक्रियामा धेरैजसोले राष्ट्रपतिकी श्रीमतीकै आवाज भएको पुष्टि गरेका छन् ।

उक्त दुर्घटनाबारे जानकारी दिँदै मार्टिनले भनिन्, ‘आँखा झिम्काएको भरमा हमलाकर्ता मेरो घरमा प्रवेश गरे र मेरा श्रीमानलाई गोली हानेर चाल्नोजस्तो बनाइदिए ।’

उनले यो कार्यलाई केही नाम दिन नसकिने बताउँदै जोवेनेल मोइजजस्ता राष्ट्रपतिको हत्या एक खुंखार र ठूलो अपराधीले मात्रै गर्न सक्ने बताइन् ।

उनले थपिन्, ‘यहाँसम्म कि हमलाकर्ताले उनलाई एक शब्द पनि बोल्ने मौका दिएनन् ।’

उनका अनुसार राष्ट्रपतिलाई राजनीतिक कारणले निशाना बनाइएको हो, विशेषगरी संविधानमा परिवर्तनको मुद्दाका विषयमा, जसले राष्ट्रपतिलाई थप शक्ति दिन सक्दथ्यो ।

बन्दुकधारीहरुले निजी निवासमा बसिरहेका राष्ट्रपति मोइजको हत्या गरेका थिए । हत्याराहरू राष्ट्रपतिको शयन कक्षसम्मै प्रवेश गरेर केही धनमाल लुटेको पनि जनाइएको छ ।