एमालेका सुरेन्द्र पाण्डेलाई हराउँदै चितवन १ मा राष्ट्रिय स्वतन्त्र पार्टीका ढकाल निर्वाचित


चितवन – चितवन निर्वाचन क्षेत्र नं १ बाट राष्ट्रिय स्वतन्त्र पार्टीका हरि ढकाल निर्वाचित भएका छन् । नेकपा (एमाले) का सुरेन्द्रप्रसाद पाण्डेलाई ७ हजार ५८१ मतले पछि पार्दै ढकाल निर्वाचित भएका हुन् ।

ढकालले ३४ हजार १८९ मत पाएका छन् भने पाण्डेले २६ हजार ६००८ मत पाए । नेपाली कांग्रेसका विश्वनाथ पौडेलले २४ हजार ९०९ मत पाए । सो क्षेत्रमा ९५ हजार ४१ मत खसेको थियो । जसमध्ये ३ हजार ६२१ मत बदर भई ९१ हजार ४२० सदर भएको निर्वाचन आयोगले जनाएको छ ।

उक्त क्षेत्रको प्रदेशसभा १ मा नेकपा (एमाले) का जगन्नाथ थपलिया विजयी भएका छन् । थपलियाले १७ हजार ६८८ र नेपाली कांग्रेसका किरणभूषण ओलीले १० हजार ७१२ मत पाए । यो प्रदेश क्षेत्रमा ४३ हजार ८३६ मत खसेको थियो ।

यस क्षेत्रको प्रदेशसभा २ मा नेकपा (एकीकृत समाजवादी) का कृष्णप्रसाद खनाल विजयी भएका छन् । खनालले १५ हजार ५०७ मत पाउँदै निर्वाचित भएका हुन् । उनका निकटतम प्रतिस्पर्धी नेकपा एमालेका प्रकाश खनालले १४ हजार ७६८ मत प्राप्त पाए । यो प्रदेश क्षेत्रमा ५१ हजार १३६ मत खसेको आयोगले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस
Advertisement