काठमाण्डु – प्रदेश २ का नवनियुक्त प्रदेश प्रमुख हरिशंकर मिश्रले पद तथा गोपनियताको शपथ लिएका छन् । उनले राष्ट्रपति कार्यालय शीतल निवासमा राष्ट्रपति विद्यादेवी भण्डारीसमक्ष पद तथा गोपनियताको शपथ ग्रहण गरेका हुन् ।
‘सम्माननीय राष्ट्रपति श्रीमती विद्यादेवी भण्डारीज्यू समक्ष नेपालको संविधानको धारा १६७ बमोजिम श्री हरिशंकर मिश्र, महोत्तरीले प्रदेश नं. २ को प्रदेश प्रमुख पदको पद तथा गोपनीयताको शपथ ग्रहण गर्नुभयो,’ राष्ट्पति कार्यालयका प्रवक्ता जगन्नाथ पन्तले जारी गरेको विज्ञप्तिमा उल्लेख छ ।
सरकारले सोमबार प्रदेश–२ को प्रमुखबाट राजेश झालाई हटाएर महोत्तरी निवासी मिश्रलाई नियुक्त गर्न राष्ट्रपति कार्यालयमा सिफारिस गरेको थियो । सोही सिफारिसबमोजिम राष्ट्रपति भण्डारीले मिश्रलाई मंगलबार प्रदेश प्रमुखमा नियुक्त गरेकी थिइन् ।
प्रतिक्रिया