उप–मेयर हरिप्रभा खड्गीको उपस्थितिमा खुलामञ्चमा ताला लाग्यो


काठमाडौं – खुलामञ्चस्थित दुईमाजु मन्दिर परिसरमा खोलिएका अबैधानिक पसलहरूमा ताला लगाइएको छ । मुक्त टुँडिखेल अभियानका संरक्षण अभियन्ताहरूको पहलमा शुक्रबार ताला लगाइएको हो ।

गुठी संस्थानले तिहार सकिएलगतै पसल हटाउन आदेश दिएको थियो । संस्थानका कार्यकारी प्रमुख नारायण चौधरीले तिहारअघि नै पसल खाली गराउन पत्र पठाएका थिए । त्यही पनि व्यापारीहरूले पसल नहटाएपछि अभियन्ताहरूले विरोध गरेका थिए ।

टुँडिखेल अतिक्रमणविरूद्ध सार्वजनिक अभियानअन्तर्गत पहिलो चरणमा दुईमाजु मन्दिर परिसर खाली गराउन अभियन्ताहरूले खोजेका हुन् ।

वर्षौंदेखि टुँडिखेल मिचेर बसेको सेना र खुलामञ्च मासेर बसपार्क र अबैधानि संरचना बनाउने काठमाडौं महानगरपालिकालाई अतिक्रमण छाड्न शान्तिपूर्ण दबाब दिइन तीन महिनासम्म प्रत्यक शनिबार विभिन्न कार्यक्रम भइरहको छ ।

दुईमाजु परिसर खाली गराउने प्रयास त्यसैको पहिलो कडी हो । पसल खाली गराउन नगरपालिकाकी उप–मेयर हरिप्रभा खड्गीको पनि उपस्थिति थियो ।

प्रतिक्रिया दिनुहोस
Advertisement