हाम्रा पार्टीका अध्यक्ष प्रचण्डलाई एकीकृत पार्टीको अध्यक्ष हुं भन्ने महसुस भएन् : हरिवोल गजुरेल


काठमाडौं– नेकपाका स्थायी समिति सदस्य हरिवोल गजुरेलले नेकपा माओवादी केन्द्र पुर्व एमालेसंग समाहित भएको नभई समान हैसियतको आधारमा पार्टी एकता भएको स्पष्ट पारेका छन् । रेडियो कान्तिपुरको नियमित कार्यक्रम द हेडलाईनर्समा कुरा गर्दै नेता गजुरेलले एकताको भावनाअनुसार पार्टी र सरकारको हकमा सल्लाह हुन जरुरी रहेको बताए ।

उनले दुईवटा अध्यक्षको बीचमा भएको कार्यविभाजनको सवालमा समेत अध्यक्ष प्रचण्डलाई चित्त नबुझेको खुलासा गरेका छन् । गजुरेलले भनेका छन् ‘ वैठकको आलोपालो संचालन गर्न पाउने सहमति दुवै अध्यक्षको बीचमा भएको थियो । तर त्योअनुसार प्रचण्डले अध्यक्षता गरेको मैले कहिले देखेको छैन् । त्यसमा अध्यक्ष प्रचण्डलाई चित्त बुझेको छैन् ।’

पुर्व कृषिमन्त्री समेत रहेका नेता गजुरेलले आफ्ना पार्टीका अध्यक्ष पुष्पकमल दाहालले एकीकृत पार्टीको अध्यक्ष हुं भन्ने महसुस नै गर्न नपाएको दावी गरे ।

केन्द्रमा पार्टी एकीकरण भएपनि नेतृत्वमा पूर्व एमाले र माओवादी केन्द्रको पुरानै सोंच र मानसिकता हावी हुंदा समस्या भएको नेता गजुलेरको भनाई छ । ‘पुर्व एमाले र नेकपाका भित्रका विगतका गुट उपगुटका कारण पार्टीमा समस्या भएको हो, अहिले पनि तीं गुटहरु विभिन्न स्वरुपमा चलिरहेका छन्, गुटले संस्थागत हित गर्न सक्दैन, न त देश र जनताको नै हित हुन्छ ।’ गजुरेलले भनेका छन् ।

गजुरेलले दुई तिहाईको वहुमत हुंदा पनि सरकारले जनअपेक्षा अनुसारको काम नर्ग नसकेको स्वीकार गरे ।

प्रतिक्रिया दिनुहोस
Advertisement