ग्यास दिन नसकेको भन्दै रास्वपा सांसद् भण्डारीद्वारा समितिबाट राजीनामा घोषणा

ग्यास दिन नसकेको भन्दै रास्वपा सांसद् भण्डारीद्वारा समितिबाट राजीनामा घोषणा

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाण्डु–सत्तारुढ राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सांसद् हरिमोहन भण्डारीले प्रतिनिधिसभाअन्तर्गतको उद्योग समिति सदस्यबाट राजीनामा दिने घोषणा गरेका छन् ।

बिहीबार प्रतिनिधिसभा बैठकको शून्य समयमा बोल्दै उनले जनतालाई ग्यास पनि दिन नसकिएको अवस्थामा नैतिकताका आधारमा समितिमा बस्न नसक्ने बताए ।

सरकारले बोकेर भए पनि नागरिकलाई ग्यास दिनुपर्ने उनको भनाइ थियो । नागरिकलाई ‘डेलिभरी’ दिन नसके जेनजी

आन्दोलनले ल्याएको भनिएको परिवर्तनको औचित्य नरहेको भण्डारीले बताए ।

‘भदौ २३ र २४ को जेजनी आन्दोलने धेरै कुरा दियो, तर हामीले राज्यलाई खासै केही उपलब्धी दिन सकेको अवस्था छैन । अहिले हामी यो राज्यमा ग्यास पनि दिन नसक्ने अवस्था छ । बोकेर पनि दिनुपर्छ । बाटो बिग्रिएको ठाउँमा ट्याक्टरहरु ल्याएर बोकाएर भए पनि सर्भिस दिनुपर्छ । डेलिभरी दिने हाम्रो राज्यको उत्तरदायित्व हो’, भण्डारीले भने, ‘सामान्य जनसंख्या, देश हामी पाल्न सक्दैनौं भने यो परिवर्तनको कुनै अर्थ पनि रहँदैन । म पनि समितिमा छु । उद्योग समितिमा । साथीहरुलाई भनिसकेको छु, म राजनीमा दिन्छु । किनभने नैतिकताका आधारमा मेरो पनि जिम्मेवारी छ । मैले आजै यो घोषण रगेको छु । किनभने म समितिमा बस्न कसरी सक्छु ?’


यसअघि उद्योगमन्त्री गौरीकुमारी यादवले बिहीबारै प्रधानमन्त्री बालेन्द्र शाह (बालेन) समक्ष राजीनामा बुझाएकी थिइन् ।