काठमाण्डु- श्रम संस्कृति पार्टीका अध्यक्ष तथा सांसद हर्क साम्पाङले विज्ञप्ति जारी गर्दै प्रधानमन्त्री बालेन शाहको राजीनामा माग गरेका छन्। । उनले संसदमा नीति तथा कार्यक्रमका विषयमा प्रधानमन्त्रीको अनुपस्थितिलाई आधार बनाउँदै राजीनामा नै लोकतन्त्र र जनताको सम्मानका लागि उपयुक्त हुने बताएका हुन्।
शुक्रबार जारी विज्ञप्तिमा सांसद साम्पाङले प्रधानमन्त्रीले नीति तथा कार्यक्रम पेस गर्ने र उठेका प्रश्नको जवाफ दिने संसदको अभ्यासमा अनुपस्थित रहनु संसदीय मर्यादाविपरीत भएको दाबी गरेका छन्।
प्रधानमन्त्री संसदको बैठकमा उपस्थित नभई कार्यालयको गतिविधि लाइभ हेरेको तर सभामा नआएको, नीति तथा कार्यक्रममा सहभागी नभएको र प्रतिपक्षको मागसमेत बेवास्ता गरेको उल्लेख गरेका छन्।
साम्पाङले संसदमा नीति तथा कार्यक्रम पेस हुँदा अनुपस्थित रहनु, प्रश्नहरूको जवाफ नदिनु र अहिलेसम्म कुनै पनि बैठकमा जनतासमक्ष सम्बोधन नगर्नु गम्भीर कमजोरी भएको आरोप लगाएका छन्।
सांसद साम्पाङका अनुसार कर्तव्य पूरा नगर्दा अधिकार प्राप्त नहुने भएकाले प्रधानमन्त्रीले नैतिकताको आधारमा राजीनामा दिएर मार्ग प्रशस्त गर्नुपर्ने आवश्यकता रहेको छ ।





प्रतिक्रिया