मेयर हर्क साम्पाङ भन्छन् – गोरु काटेको कुरामा मेरो कुनै संलग्नता छैन


काठमाण्डु – धरान उपमहानगरपालिकाका मेयर हर्क साम्पाङले गोरु काटेको कुरामा आफ्नो कुनै संलग्नता नभएको प्रस्ट पारेका छन् ।

शनिवार दिउँसो हिन्दू धर्मावलम्बीहरूले सद्भाव र्‍याली गरिरहेका बेला सामाजिक सञ्जाल ट्विटरमा लेख्दै मेयर साम्पाङले कानून विपरीत भए अनुसन्धान गर्न सहयोग गर्ने जनाए ।

उनले लेखेका छन्, ‘मन्दिरको अगाडि चर्च बनायो भनेर आलोचना गर्नुभो, चर्चमा पनि मान्छेको आस्था छ, अब मैले किन बनाएको भनेर डोजर लिएर भत्काउन कसरी जानु ? फेरि गोरु काटेको कुरा, त्यहाँ मेरो कुनै संलग्न छैन र कानून विपरीत भए अनुसन्धान गर्न मैले पनि सहयोग गर्छु भनेको छु । धर्मको आडमा राजनीति कसैले नगर्नुहोला ।’

गोरु काटेर भोज गर्ने व्यक्तिहरूलाई कारवाही नभएको भन्दै हिन्दू धर्मावलम्बीले शनिवार इटहरीमा सद्भाव र्‍याली गरेका छन् ।

प्रतिक्रिया दिनुहोस
Advertisement