धरानका मेयर हर्क साम्पाङले गरे उपकूलपतिको कार्यकक्षमा तालाबन्दी


धरान – सुनसरीको धरान उपमहानगरपालिकाका नगर प्रमुख (मेयर) हर्क साम्पाङले बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानका कायममुकायम उपकूलपति प्रा.डा. प्रल्हाद कार्कीको कार्यकक्षमा तालाबन्दी गरेका छन् ।

तालाबन्दी गर्न उनी मोटरसाइकल चढेर प्रतिष्ठान पुगेका थिए । प्रतिष्ठानमा बढ्दै गएको समस्या र शिक्षक, कर्मचारी र चिकित्सकका माग सम्बोधन गर्न नसकेको भन्दै मेयर साम्पाङले तालाबन्दी गरेका छन् ।

मेयर साम्पाङले अरुले ताला नखोल्न पनि आग्रह गरेका छन् । उनले भने, ‘बीपी प्रतिष्ठानको उपकूलपतिको कार्यकक्षमा लगाएको ताला अरुले खोल्ने आँट नगरुन्, आवश्यक परेका बेला म आफैं आएर खोल्छु ।’

उनले प्रतिष्ठानलाई धरासायी बनाउने कुनै पनि पदाधिकारीलाई नछाड्ने चेतावनी पनि दिए ।

प्रतिक्रिया दिनुहोस
Advertisement