काठमाण्डू– श्रम संस्कृति पार्टीका अध्यक्ष एवं सांसद् हर्कराज साम्पाङ राईले ५ सय रुपैयाँको कर तिर्न जाँदा एक हजारको पेट्रोल खर्च हुने गरेको भन्दै सरकारको ध्यानाकर्षण गराएका छन् ।
सोमबार प्रतिनिधिसभा बैठकमा बोल्दै उनले करदातालाई सहज रुपमा कर तिर्ने व्यवस्था मिलाउन सरकारसँग माग गरेका हुन् । सम्बन्धित पालिकाबाटै कर तिर्ने प्रणाली विकास गर्न राईले सुझाए ।
‘कर तिर्न गाह्रो छ । कर तिर्नलाई सजिलो होस् भन्नका लागि पालिकातिरै कर तिर्ने व्यवस्था होस्’, राईले भने, ‘यातायात व्यवसायीहरु खार गरी तीन पाङ्ग्रेवालालाई ५ सय रुपैयाँ कर तिर्न एक हजारको तेल लाग्छ भन्ने हिसाबको कुरा छ, त्यतातिर ध्यान जाओस् ।’
उनले आफूलाई देशका विभिन्न जिल्लाका जनताले आफ्ना समस्या सदनमा राखिदन आग्रह गर्ने गरेको बताए ।




प्रतिक्रिया