हर्क साम्पाङ र सुदन किरातीबिच एकता गर्ने सहमति

हर्क साम्पाङ र सुदन किरातीबिच एकता गर्ने सहमति

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाण्डु – हर्क साम्पाङ नेतृत्वको श्रम संस्कृति पार्टी र सुदन किराती समूहबिच एकता गर्ने सहमति भएको छ ।

बिहीबार राति साम्पाङ र किरातीबीच एकतासम्बन्धी सहमति भएको हो ।

किराती समूहले एक उपाध्यक्ष, एक सचिव र १५ जना केन्द्रीय सदस्य पाउने सहमति भएको छ । किराती पार्टीमा वरिष्ठ नेता रहनेछन् ।

सहमतिसँगै शुक्रबार एकता घोषणा गरिँदैछ । एकता घोषणा कार्यक्रम अपराह्न ३ बजे बागबजारको हार्दिक होटल हुँदैछ ।

पूर्वमाओवादी नेता किराती चुनावअघि माओवादीका पूर्वउपमहासचिव जनार्दन शर्मा नेतृत्वको प्रगतिशील लोकतान्त्रिक पार्टीमा आबद्ध भएका थिए । पछि उनले पार्टी परित्याग गरेका थिए । किराती पर्यटनमन्त्री समेत बनेका थिए ।