हर्क साम्पाङले गरे संसद् बैठक बहिस्कार

हर्क साम्पाङले गरे संसद् बैठक बहिस्कार

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाण्डु – श्रम संस्कृति पार्टीका अध्यक्ष हर्क साम्पाङले संसद बैठक बहिस्कार गरेका छन्।

सभामुख डीपी अर्यालले प्रधानमन्त्री बालेन्द्र शाहलाई सदनमा उपस्थित गराउन रुलिङ नगरेको भन्दै उनले बुधबारको बैठक बहिस्कार गरेका हुन्।

उनले कि प्रधानमन्त्री बालेन शाहलाई सदनमा ल्याउनु पर्ने कि आफूलाई संसदबाट निस्केर जाँ भन्न सभामुख अर्याललाई आग्रह गरेका थिए ।

बैठक सुरु हुनासाथ साम्पाङले प्रधानमन्त्रीलाई जवाफदेही बनाउनुपर्ने भन्दै यसमा सभामुखले रुलिङ गर्नुपर्ने माग गरेका थिए। तर, सभामुखले रुलिङ नगरेपछि उनी झोला बोकेर सभाबाट बाहिरिएका हुन्।

सांसद साम्पाङको आग्रहपछि सभामुख अर्यालले सदनमा सभामुखलाई निर्देशन दिने अभ्यास यसअघि नभएको जवाफ दिएपछि सांसद साम्पाङ वैठक नै बहिष्कार गर्दै सभाकक्षबाट बाहिरिएका हुन् । सांसद साम्पाङ बाहिरिएपछि अहिले सांसदहरुले आकस्मिक समय अन्तर्गत आफ्ना भनाइहरु राखिरहेका छन् ।