काठमाण्डु– श्रम संस्कृति पार्टीका अध्यक्ष हर्क साम्पाङ आउने भएपछि स्वागतका लागि पुगेका कार्यकर्ताहरू जनकपुरको जानकी मन्दिरबाट लखेटिएका छन् ।
हिन्दु सम्राट सेनाका कार्यकर्ताले मन्दिर परिसरबाट श्रम संस्कृति पार्टीका कार्यकर्तालाई लखेटेका हुन् ।
हर्क साम्पाङ मंगलबार जानकी मन्दिर दर्शनका लागि जनकपुर जाने कार्यक्रम रहेको थियो । सोही क्रममा उनी आउनुअघि स्वागतका लागि पुगेका पार्टीका नेतारकार्यकर्ता लखेटिएका हुन् ।
उनी मन्दिर पुग्नुअघि नै उनका समर्थक र हिन्दू सम्राट सेनाका कार्यकर्ताबीच लफडा भएपछि साम्पाङ जानकी माताको दर्शन नगरी फर्किएको बताइएको छ ।
हिन्दु सम्राट सेनाले भने विगतमा गाई काटेर खानुपर्ने अभिव्यक्ति दिएको भन्दै सम्पाङलाई निषेध गर्ने जनाएको छ ।
यस सन्दर्भमा हर्क साम्पाङले फेसबुकमा स्टाटस लेख्दै ‘गाई कसले खाएको रैछ ? गाई खानेलाई मन्दिरमा पस्न नदिने भनेको देखें! यो कसले कस्तो राजनीति गर्न खोजेको रैछ, जानकी मन्दिर परिषरमा हाम्रा श्रमदाताहरुलाई दुर्व्यवहार भएछ ! त्यसैले मन्दिर दर्शन गर्न नसक्ने भैयो आज ! कुनै दिन जानकी देवीले दर्शन दिनुहोला !’ भनेका छन् ।




प्रतिक्रिया