हर्क साम्पाङले कसलाई भने ठग?

हर्क साम्पाङले कसलाई भने ठग?


काठमाडौं- धरान उपमहानगरपालिका प्रमुख हर्क साम्पाङले भिजनबिनाको मान्छे नेता नभएर ठग हुने गरेको टिप्पणी गरेका छन् ।

सामाजिक सञ्जाल फेसबुकमा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सभापति रवि लामिछानेलाई सुप्रिम सहकारी ठगी प्रकरणमा रूपन्देही जिल्ला अदालतले एक करोड धरौटीमा छोड्न आदेश गरेको सन्दर्भमा प्रमुख साम्पाङको यस्तो प्रतिक्रिया आएको हो ।

त्यसपछि अर्को स्टाटस राख्दै उनले भनेका छन्, ‘चोर, डाका, लुटेरा र ठगमध्ये कसलाई भोट दिने भनेर नेपाली अलमलमा परे, यता भीर उता खाडी भने जस्तो भयो !’ उनले यसमा कसैको नाम नलिएको भएपनि यो रवि लक्षित नै भएको देखिन्छ ।

लामिछाने यसअघि पोखराको सूर्यदर्शन सहकारी ठगीमा कास्की जिल्ला अदालतबाट ६५ लाख र काठमाडौंको स्वर्णलक्ष्मी सहकारी प्रकरणमा काठमाडौं जिल्ला अदालतबाट ६० लाख धरौटीमा रिहा भइसकेका छन् ।