बारामा एक महिलाको आफ्नै घरभित्र बिभत्स हत्या


बारा – बारामा एक महिलाको आफ्नै घरभित्र बिभत्स हत्या भएको छ ।

बाराको महागढीमाई नगरपालिका १ की ४८ वर्षीया कान्तिदेवी कुशवाहको आइतबार राति हत्या गरेको अवस्थामा आफ्नै घरभित्र शव फेला परेको हो ।

घाँटीमा धारिलो हतियार प्रहार गरी हत्या गरिएको अवस्थामा उनको शव फेला परेको जिल्ला प्रहरी कार्यालय बाराका डिएसपी गौतम मिश्रले जानकारी दिए ।

उनले घटना अनुसन्धानको लागि प्रहरीले जनकपुरस्थित प्रादेशिक प्रहरी कार्यालयबाट विशेष तालिमप्राप्त कुकुर ल्याएर अनुसन्धान अघि बढाइएको जानकारी दिए ।

डिएसपी मिश्रका अनुसार आइतबार राति महिलाका पति खाना खाएर घर बाहिर निस्किएका थिए । आफू घर फर्किंदा पत्निलाई मृत अवस्थामा फेला पारेको प्रहरीसमक्ष उनले बयान दिएका छन् ।

प्रतिक्रिया दिनुहोस
Advertisement