वृद्धद्धारा पत्नीको हत्या गरी आत्महत्या


एजेन्सी – भारतको राजधानी नयाँदिल्लीस्थित जगतपुरी थाना क्षेत्रमा एक ७० वर्षका वृद्धले श्रीमतीको हत्या गरेका छन् । त्यसपछि उनले आफैँले पासो लगाई आत्महत्या गरेका छन् ।

मृत्युपछि सूचना पाएको प्रहरीले शवहरुलाई पोस्टमार्टमको लागि पठाएको छ । केही वर्षपहिला पहिलो श्रीमतीको मृत्यु भएपछि वृद्धले ४५ वर्षीया महिलासँग दोश्रो विवाह गरेका थिए ।

श्रीमतीको हत्या गरी आत्महत्या गर्ने वृद्धको नाम मानक चन्द्र हो । उनी आफ्नी श्रीमतीसँग भुइँतल्लामा बस्दै आएका थिए । मानकका तीन छोराहरु घरको माथिल्लो तल्लामा बस्थे । शुक्रबार विहान नातिले हजुरबुवालाई उठाउन जाँदा यो सबै घटनाको बारेमा थाहा भएको हो ।

मानकको दोश्रो श्रीमतीको शव खाटमा रगतमा लत्पितिएको छ भने उनको शव पंखामा भुण्डिएको अवस्थामा थियो । मानकले पहिलो पत्नीको मृत्यु भएको ६ महिनापछि दोश्रो विवाह गरेका थिए । विवाहको केही समय ठिक भएता पनि त्यसपछि भने उनीहरुबीच झै–झगडा हुन थालेको स्थानीयको भनाइ उद्धृत गर्दै प्रहरीले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस
Advertisement