दाईको हत्या आरोपमा अभिनेत्री शनाया पक्राउ


एजेन्सी – भारतको कन्नाडा फिल्मकी अभिनेत्री शनाया कट्वे पक्राउ परेकी छन् ।

भारतीय सञ्चारमाध्यमहरूका अनुसार अभिनेत्री शनायालाई प्रहरीले बिहीबार दाइको हत्या आरोपमा पक्राउ गरेको हो । उनलाई अहिले प्रहरी हिरासतमा राखिएको छ ।

आफ्नो प्रेम सम्बन्धलाई अस्वीकार गरेको आरोपमा शनायाले प्रेमीसँग मिलेर दाइको हत्या गरेको आरोप लागेको छ । शनायाका दाइ ३२ वर्षीय राकेश कट्वेको केही दिनअघि हुबलीस्थित घरमै हत्या भएको थियो ।

हत्यापछि उनको शरिर र टाउको छुट्याएर अलग–अलग ठाउँमा फालिएको प्रहरीले जनाएको छ । प्रहरीले हत्यामा संलग्न भएको आरोपमा अरू चार जनालाई पनि पक्राउ गरेको छ । पक्राउ पर्नेमा शनायाका प्रेमी पनि छन् ।

प्रतिक्रिया दिनुहोस
Advertisement