काठमाण्डु– शंखमुलस्थित भ्याली होस्टलमा युवकको हत्या गरेको आरोपमा पक्राउ परेका तीन जनालाई सार्वजनिक गरिएको छ।
दाङ घर भएका २२ वर्षीय वसन्त कालाथोकीको हत्या आरोपमा प्रहरीले बाराको कलैया–३ का १९ वर्षीय शेखर यादव, १९ वर्षीय प्रमित पटेल र २३ वर्षीय आलोक ठाकुरलाई पक्राउ गरेको हो।
प्रहरीका अनुसार भदौ ५ गते बिहान करिब १० बजे कालाथोकीमाथि चक्कु प्रहार भएको थियो। गम्भीर घाइते भएका उनलाई उपचारका लागि सिभिल अस्पताल पुर्याइए पनि चिकित्सकले मृत घोषणा गरेका थिए।
पक्राउ परेका यादव र पटेल सोही होस्टलमा बस्दै आएका थिए भने ठाकुर होस्टल सञ्चालक रहेको प्रहरीले जनाएको छ।
प्रहरी परिसर काठमाण्डुका एसपी दानबहादुर थापाका अनुसार पक्राउ परेका तीनै जनाविरुद्ध काठमाण्डु जिल्ला अदालतबाट पाँच दिनको म्याद लिएर घटनाबारे थप अनुसन्धान भइरहेको छ।




प्रतिक्रिया