आज यी स्थानमा चल्दैछ तीव्र गतिको हावा

आज यी स्थानमा चल्दैछ तीव्र गतिको हावा

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाण्डु– जल तथा मौसम विज्ञान विभागले मंगलबार देशका केही जिल्लामा तीव्र गतिको हावाहुरी चल्ने सम्भावना रहेको पूर्वानुमान गरेको छ ।

विभागका अनुसार मंगलबार दिउँसो बाँके, दाङ, रूपन्देही, कपिलवस्तु र आसपासका क्षेत्रमा तीव्र हावाहुरी चल्न सक्ने सम्भावना छ ।

यस्तै राति कपिलवस्तु, रूपन्देही, बारा, पर्सा, रौतहट र आसपासका क्षेत्रमा पनि हावाहुरीको जोखिम रहेको भन्दै विभागले सचेत गराएको छ ।

दिउँसो पहाडी र हिमाली भूभागमा सामान्यतया बादल लाग्नेछ भने तराई क्षेत्रमा आंशिक बदली रहनेछ ।

कोशी र गण्डकी प्रदेशसहित पहाडी भू–भागका केही स्थानमा तथा बाँकी भू–भागका थोरै स्थानमा मेघगर्जनरचट्याङसहित मध्यम वर्षा वा हिमपातको सम्भावना रहेको विभागले जनाएको छ ।

रातिको पूर्वानुमानअनुसार कोशी, मधेस, बागमती र गण्डकी प्रदेशमा सामान्य बदली रहनेछ भने अन्य प्रदेशमा आंशिक बदली हुनेछ । कोशी प्रदेशका केही स्थानमा तथा मधेस र बागमतीसहित पहाडी भू–भागका थोरै स्थानमा मेघगर्जनरचट्याङसहित मध्यम वर्षा हुन सक्ने सम्भावना छ ।

त्यस्तै, बाँकी भू–भागका एक–दुई स्थानमा हल्का वर्षा वा हिमपात पनि हुन सक्ने विभागले जनाएको छ।

विभागका अनुसार हाल देशमा पश्चिमी वायु, स्थानीय वायु तथा पूर्वी भू–भाग नजिक बनेको न्यूनचापीय प्रणालीको प्रभाव रहेको छ ।