हावाहुरी प्रभावित क्षेत्रमा नेपाली सेनाद्धारा घर निर्माण कार्य तिर्व


काठमाडौँ  – हावाहुरी प्रभावित बारा र पर्साका विभिन्न क्षेत्रमा ’जनता आवास’ (बारा -पर्सा) कार्यक्रम अन्तर्गत विभिन्न १२ स्थानहरुमा १२ वटा समूह बनाएर नेपाली सेनाले घर निर्माण कार्य तिर्व रुपमा गरिरहेको छ ।

बारा र पर्सामा एकै पटक घर निर्माण गर्ने योजना अनुरुप बैशाख १४ गतेबाट नेपाली सेनाले घर निर्माण कार्य गरिरहेको हो ।  बारा-पर्सामा चैत्र १७ मा राति आएको भीषण हावाहुरीपछिको विपत्तिमा २७ जनाको मृत्यु र ४०३ घाइते हुनपुगेका थिए । हावाहुरीले विशेषगरी वीरगञ्जदेखि पथलैया करिडोर क्षेत्रमा वढी प्रभावित पारेको थियो ।

प्रतिक्रिया दिनुहोस
Advertisement