हवाई कारबाहीमा पाँच लडाकू मारिए


अफगानिस्तान – अफगानिस्तानको उत्तरी प्रान्त फर्याबको कारामकुल जिल्लामा तालिबान लडाकू समूहलक्षित युद्दक विमान कारबाहीमा परी कम्ती पाँच लडाकू मारिनुको साथै अन्य सात घाइते भएका छन् । एक सैनिक प्रवत्ताले मङ्गलबार सो जानकारी दिएका छन् ।

उत्तरी क्षेत्रका सैनिक प्रवक्ताका अनुसार सोमबार अपराह्न तालिबान लडाकू जम्मा भएका स्थान लक्षित यस कारबाहीम परी पाँच तालिबान लडाकूको घटनास्थलमा नै मृत्यु हुनुको साथै र अन्य सात घाइते भएका थिए । तालिबान लडाकू समूहले भने यस विषयमा कुनै टिप्पणी गरेका छैनन् । सिन्ह्वा

प्रतिक्रिया दिनुहोस
Advertisement