इबोला भाइरस रोकथाममा मन्त्रालयको उच्च सतर्कता

इबोला भाइरस रोकथाममा मन्त्रालयको उच्च सतर्कता

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाण्डु – स्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्रालयले इबोला भाइरसको रोकथाम र नियन्त्रणका लागि उच्च सतर्कता अपनाएको छ ।

अफ्रिकी मुलुकमा इबोला भाइरस संक्रमण देखिएपछि त्यसको जोखिम नेपाल पनि हुनसक्ने भन्दै मन्त्रालयले सम्भावित जोखिम हुन नदिनका लागि उच्च सतर्कता अपनाएको मन्त्रालयका सहप्रवक्ता डा. समिरकुमार अधिकारीले जानकारी दिए ।

उनका अनुसार त्रिभुवन अन्तरराष्ट्रिय विमानस्थल र सीमा नाकामा निगरानी तथा उच्च सतर्कता अपनाइएको बताए । ‘अहिले जहाँ संक्रमण देखिएको त्यो देशभन्दा हामी टाढा रहेका छाँै । तर पनि हामी नेपालमा भाइरसको संक्रमणको प्रवेश नगरोस् भनेर उच्च सतर्कता अपनाएका छौँ,’ उनले भने, ‘स्वास्थ्यकर्मी अभिमुखीकरणसहित उपचार व्यवस्थापन तथा संक्रमण नियन्त्रणका उपायबारे पनि छलफल गरिएको छ ।’

उनले इवोला संक्रमण भएको ठाउँमा जान सक्ने नेपालीको व्यवस्था र मापदण्डका विषयमा समन्वय भइरहेको बताए । विश्व स्वास्थ्य सङ्गठन (डब्लूएचओ) ले अन्तरराष्ट्रिय सरोकारको जनस्वास्थ्य आपतकालीन अवस्था घोषणा गरेको छ ।

मन्त्रालयले संक्रमित व्यक्ति नेपाल भित्रिन सक्ने सम्भावित प्रवेशविन्दुमा स्वास्थ्यकर्मी परिचालन गरी शंकास्पद बिरामीको परीक्षणसमेत गरिरहेको उनले बताए । नेपालमा अहिलेसम्म इबोला भाइरसको संक्रमणको पृष्टि भएको छैन ।

इबोला संक्रमण हुँदा अचानक कडा ज्वरो आउने र अत्यधिक कमजोरी महसुस हुने, वान्ता हुने, पाखला लाग्ने र पेट दुख्ने, टाउको मासपेशी तथा घाँटी दुख्ने, छालामा डाबर देखिने, कलेजो तथा मिर्गौलाको कार्यमा असर पुग्ने, केही बिरामीमा आन्तरिक वा बाह्य रक्तश्राव हुने लक्षण देखिन्छन् ।