आफ्नो जग्गाको विवरण मन्त्रालयमा पठाउन ३२ अस्पताललाई ३ दिने अल्टिमेटम (नामावली)

आफ्नो जग्गाको विवरण मन्त्रालयमा पठाउन ३२ अस्पताललाई ३ दिने अल्टिमेटम (नामावली)

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाण्डु– स्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्रालयले देशका ३२ अस्पताल र प्रतिष्ठानलाई आफ्नो स्वामित्वमा रहेका जग्गाको अवस्थाबारे जानकारी पठाउन निर्देशन दिएको छ।

मन्त्रालयले बुधबार एक सूचना जारी गर्दै ३ दिनभित्र जानकारी जग्गाको अवस्थाबारे जानकारी पठाउन निर्देशन दिएको हो ।

काठमाण्डुका ११, ललितपुरका ३, भक्तपुरका ३ सहित ३२ अस्पताल र प्रतिष्ठानलाई ३ दिनको समय दिएको हो।

यसअघि गत वैशाख ३० गतेको निर्णयानुसार मन्त्रालयले ती ३२ अस्पतालरप्रतिष्ठानको स्वामित्वमा रहेका जमिन तथा भौतिक पूर्वाधारको सुरक्षा र संरक्षणका लागि तोकिएका कार्य तत्काल सम्पादन गरी जानकारी गराउन भनेको थियो । तर अटेर गरेपछि पुनः सूचना निकालिएको शाखा अधिकृत कैशल पाण्डेले बताए ।