स्वास्थ्य संस्थाहरूलाई उच्च सतर्कता र तयारी अवस्थामा रहन स्वास्थ्य मन्त्रालयको निर्देशन

स्वास्थ्य संस्थाहरूलाई उच्च सतर्कता र तयारी अवस्थामा रहन स्वास्थ्य मन्त्रालयको निर्देशन

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाण्डु – अतिभारी वर्षा हुने पूर्वानुमानलाई ध्यानमा राख्दै स्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्रालयले देशभरका अस्पताल तथा स्वास्थ्य संस्थाहरूलाई उच्च सतर्कता अपनाउन र तयारी अवस्थामा रहन निर्देशन दिएको छ ।

स्वास्थ्य आपतकालीन तथा विपद् व्यवस्थापन एकाइका प्रमुख डा. हेमन्त चन्द्र ओझाद्वारा जारी सूचनाअनुसार असोज ९ गतेदेखि ११ गतेसम्म देशका विभिन्न स्थानहरूमा भारीदेखि अतिभारी वर्षा हुने अनुमान गरिएको छ ।

निरन्तरको वर्षाका कारण बाढी, पहिरो र अन्य प्राकृतिक प्रकोप उत्पन्न भई दुर्घटना, चोटपटक तथा जनस्वास्थ्यमा नकारात्मक असर पर्न सक्ने जोखिमलाई मध्यनजर गर्दै मन्त्रालयले आवश्यक सतर्कता अपनाउन अनुरोध गरेको छ ।

मन्त्रालयले सबै अस्पताल र स्वास्थ्य संस्थाहरूलाई आवश्यक जनशक्ति, औषधि तथा स्वास्थ्य सामग्री तयारी अवस्थामा राखेर आकस्मिक स्वास्थ्य सेवाको निरन्तरता सुनिश्चित गर्न भनेको छ । बिरामी स्थानान्तरण र रिफरल सेवालाई सहज एवं प्रभावकारी बनाउन एम्बुलेन्स सेवाको समन्वय र सञ्चालनलाई चुस्त राख्न निर्देशन दिइएको छ ।

आवश्यक परेमा संघीय तथा प्रदेशस्तरका स्वास्थ्य आपतकालीन कार्य सञ्चालन केन्द्रमा सम्पर्क गरी सहजीकरण र व्यवस्थापन गर्न मन्त्रालयले आग्रह गरेको छ ।

यी हुन् आपतकालीन सम्पर्क व्यक्तिहरू

स्वास्थ्य आपतकालीन कार्यसञ्चालन केन्द्र : श्रेया सुवेदी (९८०९४१३८३४)

कोशी प्रदेश : डा. रामहरी रेग्मी (९८४१३२४२४५) 

मधेश प्रदेश : फुलेन्द्र यादव (९८११९४२७६०) 

बागमती प्रदेश : दिनेश रुपाखेती (९८५५०२६८३६) 

गण्डकी प्रदेश : डा. रोशन ढकाल (९८४९७६२५०१) 

लुम्बिनी प्रदेश : डा. शिशिर गिरि (९८४१४६५८५३) 

कर्णाली प्रदेश : श्यामलाल आचार्य (९८५८०४७४७६) 

सुदूरपश्चिम प्रदेश : हेमराज जोशी (९८४८७२०९९८) 

अतिरिक्त जानकारी तथा सहयोगका लागि मन्त्रालयको नि:शुल्क हेल्पलाइन नम्बर १११५ मा सम्पर्क गर्न सकिने सूचनामा उल्लेख छ ।