स्वास्थ्य मन्त्रालयले भन्योः १४ जिल्लामा कोरोना संक्रमण बढ्यो, सतर्कता अपनाउंनूस्


काठमाण्डु – स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले मुलुकका १४ जिल्लामा कोरोना भाइरस संक्रमण वृद्धि भएको बताएको छ ।बुधबार मन्त्रालयका प्रवक्ता कृष्ण पौडेलले पछिल्ला दिनमा १४ जिल्लामा कोरोना भाइरस संक्रमण बढेको जानकारी दिएका हुन् ।

मन्त्रालयका अनुसार प्रदेश १ को उदयपुर, पाँचथर र तेह्रथुम, बागमती प्रदेशको नुवाकोट, गण्डकी प्रदेशको नवलपरासी पूर्व, लुम्बिनी प्रदेशको रोल्पा, कर्णाली प्रदेशको हुम्ला, जुम्ला, रुकुम पश्चिम र दैलेख, सुदूरपश्चिम प्रदेशको डोटी र बाजुरामा संक्रमण बढेको हो ।

प्रवक्ता पौडेलले संक्रमण वृद्धि भएका जिल्लामा उच्च सतर्कता अपनाउन आग्रह गरेका छन् । ती जिल्ला बाहेक अन्य जिल्लामा भने संक्रमितको संख्या घट्दै गएको मन्त्रालयले जनाएको छ । ४३ जिल्लामा सक्रिय संक्रमित संख्या ५०० बढी रहेको उनले बताए ।

प्रतिक्रिया दिनुहोस
Advertisement